तीन किलो सुनको कमिज लगाउने व्यक्ति (फोटो सहित )

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
भारत, पुणेका दत्ता फुग्गेले तीन किलो तीन सय ग्रामको सुनको कमिज बनाएर लगाउन थालेका छन् । उनले बनाएको सुनको हाफ बाहुले कमिजको मूल्य १ करोड ३९ भारु रहेको बीबीसीले जनाएको छ । दत्ताको यो सुनको कमिज विश्वमै सबैभन्दा महंगो कमिज भएको बताइएको छ । कमिजमाथि दत्ताले विभिन्नखाले गहना पनि लगाएका छन् । यी सबै सुनका गहनाको कुल मूल्य भनेनिकै माथि भएको जनाइएको छ । विशेष मेशिनबाट पहिला सुनलाई कपडाको रुप दिएर कमिज बनाइएको थियो । धुन नमिल्ने यो कमिजलाई पसिनाबाट भने बचाउनु पर्ने बताइएको छ । सुनप्रतिको मोहका कारण नै यसरी सुनको गहना लगाएका दत्ता अब ‘गोल्ड म्यान ’को रुपमा चिनिन थालेका छन् । व्यवसायिक रुपमा सम्पन्न दत्ताले यो बहुमुल्य कमिज महत्वपूर्ण अवसरमा लगाउने गरेका छन् । दत्ताले सुनको कमिज लगाएर हिंड्दा उनको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मीको टोली पनि उनीसँगै रहने जनाइएको छ ।
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers