८ वर्षको बेहुला, ६१ वर्षे बेहुली (फोटो फिचरसहित)

भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !
७० वर्षका शिवशर्माले ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । अनमेल विवाह हाम्रो समाजमा पनि हुन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो ।
तर अफि्रकामा भने सबैलाई चक्मा दिँदै एक जना ८ वर्षका बालकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफि्रकाको स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् ।
झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए ।

यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले ।
वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् ।
झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए ।
समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । डाँडापारीको जुन भएका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएकोे हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताउँदै तर आफुले फेरि आफ्नै उमेरकी केटीसँग बिहे गर्ने बताए ।
m-2
m-3
भिडियो हेर्नको लागी तलको बक्समा क्लिक गर्नुहोस !

,

0 comments

Write Down Your Responses

Popular Posts
Disha Nirdesh. Powered by Blogger.
Labels
Feature (193) Filmy (58) News (56) Health (47) Horoscope (34) Bichitra (29) Videos (22) Health Tips (8) Entertainment (5) International (4) Sports (3) Disha Nirdesh (2) Exchange (1)

Followers